कर्णाली प्रदेश: मुख्यमन्त्रीमा आलोपालो गर्न एमाले र माओवादी सहमत

काठमाडाैं | पुस २७, २०७९

कर्णाली प्रदेश: मुख्यमन्त्रीमा आलोपालो गर्न एमाले र माओवादी सहमत

सुर्खेत:  कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ ।


एमाले पार्टी कार्यालय वीरेन्द्रनगरमा बिहानैदेखि छलफलमा जुटेका नेकपा माओवादी केन्द्र र एमालेका नेताहरुबीच यस्तो सहमति भएको हो ।


प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने शीर्ष नेतृत्वले निर्णय गरे पनि प्रदेशमा त्यसलाई उल्ट्याइएको छ ।

 

‘केन्द्रकै निर्णय अनुसार अघि बढ्न धेरै प्रयास गर्‍यौं । तर मान्दै नमानेपछि आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका छौं,’ माओवादीका एक नेताले भने ।

 

सहमति पछि पहिलो कार्यकालमा नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री बन्ने छन् र उनले आजै दाबी पेश गर्दै छन् ।

 

देश प्रमुख तिलक परियारले सरकार गठनका लागि आज ५ बजे भित्र दावी पेश गर्ने समय दिएका छन् ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्